स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

बैंकको खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको ४३९औँ बैठकले लाभांश वितरणको निर्णय गरेको हो । 

लघुवित्त सञ्चालक समितिले चुक्ता पुँजीको १४.२५ प्रतिशत नगद लाभांश र सोको कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस