राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच सम्झौता 

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच सम्झौता 

बैंकको खबर । विश्वका जुनसुकै देशमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंकको ७७ वटै जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ । 

यस सम्झौतपछि दूर दराजमा रहेका ग्राहकहरुले पनि सजिलै यो सुविधा प्राप्त गर्न सक्नेछन । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यस्तो सेवा दिन निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) र युनाईटेड रेमिट प्रा.लिबीच सम्झौता गरेको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । यस्तै सम्झौता पत्रमा युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन् । 

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस