नेप्सेमा ४९ अंकको वृद्धि

नेप्सेमा ४९ अंकको वृद्धि

बैंकको खबर । सेयर बजारमा बुधबार कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अंकले बढेको छ । मंगलबार २५ सय भन्दा तल झरेको नेप्से बुधबार केही सम्हालिँदै २५ सय १९ दशमलव ५७ विन्दुमा कायम भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २२३ वटाको सेयरमूल्य बढेको छ । १८ वटाको घटेको छ भने तीन वटाको स्थिर रहेको छ । पाँच वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बजारमा नेप्से परिसूचक बढेको भएपनि चहलपहल भने घटेको छ । करोबार रकम यस अघिका दिनमा भन्दा खुम्चिएको छ । आज चार अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस