सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं, असोज ९ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । 

हाइड्रोपावरको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सो को कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  

सञ्चालक समितिको यो निर्णय आगामी १५औँ वार्षिक साधारणसभामा पेस गर्ने र त्यहाँबाट लाभांश पारित भएपछि सेयरधनीमा वितरण हुने हाइड्रोपावरले जनाएको छ ।


शेयर गर्नुहोस