एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा आठ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा आठ प्रतिशत छुट

बैंकको खबर । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा बुद्ध एयरसँग सम्झौता भएको बैंकले जनाएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । 

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त पाउने छन् । 

नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकहरुलाई चाडपर्वका बेला गन्तव्यसम्म सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने विश्वास बैंकले लिएको छ । यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस