सिइडीबी हाइड्रोपावरको बोनस र हकप्रद सेयर घोषणा

सिइडीबी हाइड्रोपावरको बोनस र हकप्रद सेयर घोषणा

काठमाडौं, भदौ ३० । सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । 

कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० र २०८०/८१को लागि चुक्ता पुँजीको ११ प्रतिशतले हुने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँ बराबरको बोनस सेयर तिवरण गर्ने निर्णय गरेको हो । 

यस्तै सञ्चालक समितिले बोनस सेयर वितरण भइसकेपयिछ कायम हुने चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको ५४.५ प्रतिशत (१ः०.५४५)ले आउने ५६ करोड ३६ लाख ५९ हजार १९८.२५ रुपैयाँ बराबरको ५६,३६,५९१.९८ कित्ता हकप्रदा सेयर जारी गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले बोनस सेयर पारित गर्नका लागि असोज २१ गते वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि असोज ७ गते बुकक्लोज गर्ने भएको छ । 


शेयर गर्नुहोस