सेयरबजारमा चहलपहल घट्यो, खुम्चियो कारोबार रकम

सेयरबजारमा चहलपहल घट्यो, खुम्चियो कारोबार रकम

बैंकको खबर । सेयरबजारमा चहलपहल घट्दै गएको छ । यहीकारण कारोबार रकम पनि घटेको छ । यसअघि बढ्दो बजारमा एक दिनमा ३० अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा अहिले सात अर्बभन्दा तल कारोबार भएको छ । 

बुधबार नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा कायम भएको छ । ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १७५ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । बजार घटेपनि ७५ कम्पनीका सेयरधनीले कमाएका छन भने ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

फाइनान्स, निर्जीवन र ब्यापार बाहेकका सबै समूह घटेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेको छ । 

सीईडीबी हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा धेरै ३४ करोड ७३ लाख रुपैयाँको भएको छ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस