विश्वभर किन बढ्दै गएको छ चाँदीको प्रयोग ?

विश्वभर किन बढ्दै गएको छ चाँदीको प्रयोग ?

बैंकको खबर । विश्वभरका उद्योगहरूमा चाँदीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । फाइभजी प्रविधि, सेमीकन्डक्टर, विद्युतीय सवारी साधन, सोलार प्यानल र मेडिकल उपकरणमा चाँदीको प्रयोग बढ्दै गएको हो । यही कारण अन्तर्राष्ट्रिय बजारमा चाँदीको माग बढ्दै गएको छ । माग बढ्दै गएपछि मूल्यमा पनि तीव्र वृद्धि हुने सम्भावना देखिएको छ ।

चाँदीको मागको तुलनामा आपूर्ति हुन सकिरहेको छैन । हालैको विश्व चाँदी सर्वेक्षण अनुसार लगातार पाँचौं वर्ष चाँदीको मागको तुलनामा आपूर्तिमा कमी आएको छ । 

सन् २०२३ मा चाँदीको मागको तुलनामा आपूर्ति ४ हजार २६ टन कम थियो । सन् २०२४ मा औद्योगिक माग थप बढेपछि मागको तुलनामा आपूर्ति ७ हजार ५१३ टन कम हुने अनुमान गरिएको छ । आपूर्ति कम हुँदै गयो भने सन् २०२४को अन्त्यसम्म चाँदीको भाउ प्रतिकिलो करिब करिब दुई लाख रुपैयाँ पुग्न सक्छ । 

चाँदीको भाउ बढ्न सक्ने मूख्य कारण

१. विश्वभरका उद्योगमा चाँदीको प्रयोग बढ्दै गएको छ । सन् २०२३मा उद्योगमा चाँदीको प्रयोग ११ प्रतिशत बढेर २० हजार तीन सय ५३ टन पुगेको छ । 

२. सन् २०२५सम्म सौर्य प्यानलहरुमा चाँदीको प्रयोग दोब्बर पुग्ने अनुमान गरिएको छ । सन् २०२३ मा सौर्य प्यानलहरुमा पाँच हजार ४८५ टन चाँदी प्रयोग भएको थियो । जुन सन् २०२२को तुलनामा करिब २० प्रतिशत धेरै हो । 

३. विद्युतीय गाडीमा पनि चाँदीको खपत बढ्दै गएको छ । सन् २०२५ सम्म वार्षिक पाँच हजार २५० टन चाँदी विद्युतीय गाडीका लागि प्रयोग हुने अनुमान छ । 

४. सूनको मूल्य बढी रहेको छ । जब सुनको मूल्य बढ्छ तव चाँदीको गहनाको खपत पनि बढेर जान्छ । 

५. अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरहरु कटौती गर्ने सम्भावना बढेको छ । ब्याजदर सस्तो हुँदा उद्योगमा ऋण बढी उपलब्ध हुन्छ र चाँदीको उपभोग बढ्न जान्छ । 

६. भूराजनीतिक तनावका कारण पनि सुन र चाँदीको माग बढ्न सकछ । रसिया–युक्रेन र इजारयल–हमासबीचको युद्धका कारण मानिसहरुले सुन र चाँदीको भण्डार बढाउँदै लगेका छन् । विश्वभरका धनी र केन्द्रीय बैंकहरुले सुनचाँदीको भण्डार बढाउँदा पक्कैपनि मूल्य बढेर जाने छ । 

विद्युतीय उपकरणमा चाँदीको प्रयोग उत्कृष्ट
चाँदीमा खिया लाग्दैन । त्यसैले यसको आयु पनि अन्य विद्युतीय धातुको तुलनामा बढी छ । टिभी र मोबाइलमा चाँदीको प्रयोग बढीरहेको छ । चिकित्सा उपकरणहरुमा पनि यसको प्रयोग बढेको छ । चाँदीको आयु पनि बढी भएकाले चाँदीलाई परम उर्जा भण्डारणका लागि सुपरस्टार बनाउन सकिन्छ । 

चाँदीको मूल्य बढ्न सक्छ 
एकातिर १०/१२ वर्षयता चाँदीको उत्पादन लागत बढ्दै गएको छ भने अर्कोतिर चाँदीमा बढ्दो लगानी र ठूला देशहरुबीच बढ्दै गएको तावका कारण औद्योगिक उपयोग बढ्दै गएपछि चाँदीको माग पनि बढेको छ । 

भारत, चीन, ताइवान जस्ता देशमा चाँदीको खपत अत्याधिक बढेको छ । केन्द्रीय बैंकहरुले पनि चाँदीको भण्डारण बढाउँदै लगेका छन् । यसको असर पक्कै पनि मूल्य बढ्ने छ । 


शेयर गर्नुहोस