कर्जाको माग हुन छाडेपछि बैंकिङ प्रणालीमा थुप्रियो पैसा, एक खर्ब तान्दै राष्ट्र बैंक

कर्जाको माग हुन छाडेपछि बैंकिङ प्रणालीमा थुप्रियो पैसा, एक खर्ब तान्दै राष्ट्र बैंक

बैंकको खबर । बैंकिङ प्रणालीमा पैसा थुप्रिदै गएपछि राष्ट्र बैंकले एकै दिन एक खर्ब रुपैयाँ तानेर तरलता व्यवस्थापन गर्ने भएको छ । 

राष्ट्र बैंकले आज (भदौ २३ गते) निक्षेप संकलन उपकरण बिक्री गरी प्रणालीमा भएको एक सय अर्ब रुपैयाँ २१ दिनका लागि तान्न लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्था आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत सहभागि हुन सक्नेछन् ।

निक्षेप संकलनबाट प्रशोचन गरेको यो पैसा असोज १३ गते साँवा र ब्याज सहित भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस