विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न कृषि विकास बैंकको आर्थिक सहयोग

विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न कृषि विकास बैंकको आर्थिक सहयोग

बैंकको खबर।  कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी उपमहानगरपालिकालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले भदौ ९ गते आइतबार एक कार्यक्रम आयोजना गरी सो रकमको चेक हस्तान्तरण गरेको जनाएको । 

सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत करिब एक सय विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरि वितरण गरिनेछ ।

कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंककातर्फबाट उपमहाप्रबन्धक द्वय यज्ञप्रकाश न्यौपाने र प्रेमकुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागिय प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकातर्फबाट निर्देशक प्रदिपराज जोशी एवम् शाखा प्रमुख दीर्घबहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतको उपस्थिति थियो । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको र आगामी दिनमा सम्पूर्ण बैंकिङ सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यगरेका थिए । 

All banking information at your fingertips.


शेयर गर्नुहोस