विदेशमा काम गर्ने नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स

विदेशमा काम गर्ने नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स

बैंकको खबर । गत आर्थिक वर्ष २०८०/८१मा विदेशमा काम गर्ने नेपालीहरुले १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८०मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
 

All finanical information at your fingertips.


शेयर गर्नुहोस