भारतमा लगातार ९औँ पटक ब्याजदर स्थिर राखियो

भारतमा लगातार ९औँ पटक ब्याजदर स्थिर राखियो

अन्तर्राष्ट्रिय खबर । भारतीय केन्द्रीय बैैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले लगातार ९औँ पटक ब्याजदर स्थिर राखेको छ । आरबीआईले ब्याजदर ६.५ प्रतिशतमा यथावत राखेको हो । 

यसको मतलव ऋण महँगो हुने छैन र इएमआई पनि बढ्ने छैन । आरबीआईले पछिल्लोपटक २०२३ फेब्रुअरीमा ब्याजदर ०.२५ प्रतिशत बढाएर ६.५ प्रतिशत पु¥याएको थियो । 

अगस्ट ६ देखि चलेको मौद्रिक नीति समितिको बैठकमा भएका निर्णहरु बिहीबार सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले ब्याजदर स्थिर राखिएको जानकारी दिएका हुन् । यो बैठक प्रत्येक दुई महिनामा बस्ने गर्छ । 

गभर्नर दासले मुद्रास्फीति घट्दै गएको तर सुस्त र असमान रहेको बताएका छन् । मुद्रास्फीति लक्ष्यमा रहिरहने सुनिश्चित नहुँदासम्म सतर्क रहनुपर्ने उनले बताए । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस