ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंक खबर । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभन्न शाखाहरु मार्फत वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

बैंकले ग्लोबल मनी विक २०२३को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता समबन्धी कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजहरु, विभिन्न संघ संस्थाहरु लगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरुलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

साथै बैंकले सामाजिक सञ्जाल र वेवसाइटमार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनैपनि लिंकहरु नखोल्न, ओटिपी, पासवर्ड, पिन, सिभीभी जस्ता संवेदनशील विवरणहरु कसैसँगपनि शेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु प्रवाह गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका विभिन्न बैंक शाखाहरुमार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको पनि जनाएको छ ।

बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७४ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस