सेयरबजार समान्य बढ्यो, २० अर्ब बढीको कारोबार

सेयरबजार समान्य बढ्यो, २० अर्ब बढीको कारोबार

सेयर खबर । सेयरबजारमा बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढेर २७७६.३८ विन्दुमा कायम भएको छ । २० अर्ब सात करोड चार लाख रुपैयाँ बराबरको पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये एक सय ६० कम्पनीको सेयरमूल्य घटेको छ । ७९ कम्पनीको सेयरमूल्य बढेको छ भने तीन कम्पनीको स्थिर रहेको छ । 

कारोबारमा आएका १३ समूहमध्ये सात वटाको सूचक घटेको छ भने छ वटा बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन, जीवन बीमा र अन्य समूह घटेका छन् । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूूह बढेका छन् ।
यसदिन लगानीकर्ताको सम्पत्ति ११ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ९१ अर्ब रुपैयाँ कायम घएको छ । 

कारोबार बन्दहुँदा छ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य सबैभन्दा धेरै ८.०४ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब २० करोड र हिमालयन रिइन्स्योरेन्सको एक अर्ब सात करोड रुपैयाँको भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस