सेयरबजारमा फर्कियो चमक, नेप्से १०८ अंक बढ्यो

सेयरबजारमा फर्कियो चमक, नेप्से १०८ अंक बढ्यो

बैंकको खबर । मंगलबार एक सय ४५ अंकले घटेको सेयरबजार बुधबार एक सय ८.३५ अंकले बढ्यो । नेप्से करिब २८ सय विन्दुबाट एकैपटक साढे २६ सयको हाराहारी झरेको नेप्से बुधबार फेरि २७ सय ५९.५७ विन्दुमा पुगको छ ।  

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये दुई सय ३९ कम्पनीको सेयरमूल्य बढ्दा बजार हरियाली देखिएको हो । तर तीन कम्पनीका सेयरधनीले यसदिन गुमाएका छन् । फस्र्ट माइक्रो फाइनान्स, सुपर माडी हाइड्रोपावर र उन्नती सहकार्य लघुवित्तका सेयरधनीले गुमाएका हुन् । 

परिसूचक बढेपनि कारोबार रकम भने केही घटेको छ । १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । 

१३ वटै समूह बढेका छन् । सबैभन्दा धेरै अन्य समूह ७.८९ प्रतिशत र फाइनानस समूह ७.६३ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, जलविद्युत, व्यापार समूह पाँच प्रतिशत भन्दा धेरैले बढेका छन् । विकास बैंक समूह ४.५१ प्रतिशत बढेको छ । वाणिज्य बैंकहरुको समूह २.३२ प्रपितशत बढेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह १.०१ प्रतिशत बढेको छ । 

बजार बन्द हुँदा १० कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । एउटा म्युचुअल फण्ड ‘१०प्रतिशत सानिमा बैंक लिमिटेड डिबेन्चर’ १० प्रतिशतले घटेको छ । 

बुधबार पनि हिमायलन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको भएको छ ।  बुधबार लगानीकर्ताको सम्पत्ति एक खर्ब ७२ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस