ग्रामीण विकास लघुवित्तमा कर्मचारी आवश्यक, १० कक्षा पासलाई अवसर

ग्रामीण विकास लघुवित्तमा कर्मचारी आवश्यक, १० कक्षा पासलाई अवसर

बैंक खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ । लघुवित्तले योग्यता पुगेका र संस्थाले घटाएको जुनसुकै कार्यालयमा कार्य गर्न इच्छुक तथा कुनै वातकसुर नलागेका योग्य नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको तीन प्रति फोटो र तोकिएको परीक्षा दस्तुर सहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । 

लघु्वित्तले कनिष्ठ साहायक प्राविधिक तर्फ १० जना र कनिष्ठ सहयोगी प्रशासन तर्फ ८० जना कर्मचारी मागेको हो । 

दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र महिलाको हकमा ५० वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन् । 

कनिष्ठ सहयोगी पदका लागि १० कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कनिष्ठ चालक पदका लागि सवारी चालक अनुमतिपत्र प्राप्त गरी पाँच वर्षको कार्य अनुभव भएको र १० कक्षा पास गरेको न्यूनतम योग्यता तोकेको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस