संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

बैंक खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थाहरुमा जाने सेयर धितो कर्जाको अधिकतम सीमा हटाएको छ । तर व्यक्तिगत सेयर धितो कर्जामा रहेको सीमाको बारेमा कुनै नयाँ व्यवस्था गरेको छैन ।

‘पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिनेछ’ मौद्रिक नीतिमा उल्लेख छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस