मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

बैंक खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो गभर्नर महाप्रसाद अधिकारीले नीतिगत दरहरु घटाउँदै लचिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । 

निजी क्षेत्रमा प्रवाह गरिने कर्जा १२ प्रतिशत वृद्धिगर्ने लक्ष्य सहित मौद्रिक नीति आएको छ । संस्थाहरुलाई दिइने सेयर धितो कर्जामा लचकता अपनाइएको छ । कर्जा नोक्सानी व्यवस्थामा केही लचक भएको छ । 

चेक अनादरलाई आधार मानेर कालोसूचीमा राख्ने र बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने भएको छ ।

न्यून कर्जा प्रवाहको स्थितिलाई दृष्टिगत गरी चालूपुँजी कर्जा मार्गदर्शनमा ‘भेरियन्स एनलाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्था २०८२ साउन १ गतेबाट लागू हुनेगरी समयावधि थप गर्ने भएको छ । यस्तै लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको एक करोडको सीमालाई पनि पुनरावलोकनज गर्ने भएको छ । 

आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिको पूर्णपाठ हेर्नुहोस् ।

All financial information at your fingertips.

२०८१ साउन ११


शेयर गर्नुहोस