बैंकहरुमा ४६ करोड रुपैयाँ निक्षेप राख्दै राष्ट्र बैंक

बैंकहरुमा ४६ करोड रुपैयाँ निक्षेप राख्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ४६ करोड रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएको भन्दै सूचना प्रकाशन गरी सो रकम बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न लागेको जनाएको छ । 

राष्ट्र बैंकले निक्षेप लिन इच्छुक तर राष्ट्र बैंकले तोकेबमोजिम शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर खुलाई साउन १३ गतेभित्र आवेदन दिन आह्वान गरेको छ । 

राष्ट्र बैंकले २०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म यो रकमबैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राखिने जनाएको छ । 

राष्ट्र बैंकले ‘‘क’’ वर्गका वाणिज्य बैंकहरुमा ३६ करोड ८० लाख रुपैयाँ, ‘‘ख’’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ६ करोड ९० लाख रुपैयाँ र ‘‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ३० लाख रुपैयाँ निक्षेप राख्नेछ । 
 

All financial information at your fignertips.


शेयर गर्नुहोस