डलरको भाउले बनायो नयाँ रेकर्ड

डलरको भाउले बनायो नयाँ रेकर्ड

डलरको भाउले बनायो नयाँ रेकर्ड
बैंक खबर ।
आज साउन १० गते बिहीबार नेपालमा अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । बिहीबारका लागि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबारको तुलनामा प्रतिडलर पाँच पैसा भाउ बढेको छ । बुधबार १ डलरको खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा थियो । आजको डलरको मूल्य अहिलेसम्मकै उच्च हो । 

यूरोपियन यूरो भने बुधबारको तुलनामा केही घटेको छ । बुधबार १४५ रुपैयाँ १९ पैसा खरिददर रहेकोमा बिहीबार १४४ रुपैयाँ ८९ पैसामा झरेको छ । यस्तै बुधबार १४५ रुपैयाँ ८४ पैसा रहेको यूरोको मूल्य बिहीबार १४५ रुपैयाँ ५४ पैसामा झरेको छ । 

बिहीबारका लागि बेलायतको पाउन्ड स्टर्लिङ्गको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, एक अस्ट्रेलियन डलरको खरिद दर ८८ रुपैयाँ २३ पैसा र ८८ रुपैयाँ ६३ पैसा तोकेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस