बजेटले सरकारको योजना कार्यान्वयन गर्न बाधा पर्दैन, पुरक बजेट आउँदैन : अर्थमन्त्री पौडेल

बजेटले सरकारको योजना कार्यान्वयन गर्न बाधा पर्दैन, पुरक बजेट आउँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, असार ३१ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकारको योजना कार्यान्वयनमा अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । उनले पुरक बजेट आवश्यक नपर्ने पनि बताएका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिंहदरबार स्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका पौडेलले सरकारको कार्यदिशालाई बजेटले कुनै असर नपार्ने बताएका हुन् । बजेट कार्यान्वयनमा समस्या देखिए प्रक्रियागत रुपमा संशोधन गरिने पनि उनले बताए । 

अहिले अर्थतन्त्रमा देखिएको निरासालाई आशामा परिणत गर्दै आफू अगाडी बढ्ने पनि अर्थमन्त्री पौडेलले बताए । उत्पादन र रोजगारीमा केन्द्रित भएर अगाडी बढ्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए । 

अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलित ढंगले अगाडि बढोस भन्ने चाहना राखेको बताए ।

All financial information at your fingertips.


शेयर गर्नुहोस