सुनको मूल्यले तोड्यो रेकर्ड, प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार

सुनको मूल्यले तोड्यो रेकर्ड, प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार

अर्थतन्त्र । शुक्रबार सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला छापावाल सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ तोकेको छ । तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसअघि असार २३ गते सुन एक लाख ४५ हजार ४०० रुपैयाँ पुगेको थियो । 

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस