बैंक तथा वित्तीय संस्थाको सेवा चित्त नबुझे यसरी गर्न सकिन्छ राष्ट्र बैंकमा गुनासो

बैंक तथा वित्तीय संस्थाको सेवा चित्त नबुझे यसरी गर्न सकिन्छ राष्ट्र बैंकमा गुनासो

बैंक खबर । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सम्बन्धमा कुनै पनि गुनासो भएमा नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सकिने व्यवस्था छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको वित्तीय ग्राहक संरक्षण इकाई वा प्रदेशस्थित कार्यालयहरुमा स्वयं उपस्थित भएर वा फोनबाट वा इमेलबाट गुनसो गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 
बैंक तथा वित्तीय संस्थाहरु प्रचलित कानुन तथा केन्द्रीय बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधीनमा रही सबै प्रकारका ग्राहकलाई निष्पक्षता, विश्वसनीयता र पारदर्शीता सुनिश्चित गर्न ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएको खण्डमा सोको सुनुवाई गरी उचित व्यवस्थापन गर्न राष्ट्र बैंकले ग्राहक संरक्षण महाशाखामा वित्तीय ग्राहक संंरक्षण इकाई स्थापना गरेको हो । 

गुनासो दर्ता गर्ने प्रक्रिया :
१. आफुले वित्तीय सेवा लिइरहेको वा लिन चाहेको सम्बन्धित वित्तीय सेवा प्रदायकमा गुनासो दर्ता गर्ने ।

२. सम्बन्धित वित्तीय सेवा प्रदायकबाट गुनासो सम्बोधन नभएमा वा गुनासो समाधान चित्र् नबुझेमा वा सोझै नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने प्रकृतिको गुनासो भएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्ने ।

३. राष्ट्र बैंकमा गुनासो दर्ता गर्दा, गुनासोसँग सम्बन्धित सम्पूर्ण विवरण तथा कागजात सहित गुनासो दर्ता गरी, दर्ता नं. इमेल मार्फत प्राप्त गर्ने ।

४. गुनासो समाधानको स्थिति थाहा पाउन यसै पोर्टलको  ूत्चबअप ऋयmउबिष्लत (गुनासोको स्थिति)’’ मा दर्ता नं. राखी जानकारी प्राप्त गर्ने ।

५. गुनासोको अन्तिम जवाफ र निर्णय इमेलमा प्राप्त गर्ने ।

कस्तो गुनासो सम्बोधन हुन सक्दैन ?
१. गुनासोकर्ताको नाम, सम्पर्क नं., इमेल, तथा अन्य विवरण गलत भई गुनासोकर्तालाई सम्पर्क गर्न नसकिने गुनासोहरु

२. अस्पष्ट र अपूर्ण विवरण भएका गुनासोहरु

३. कुनै पनि अदालत, न्यायधिकरण वा मध्यस्थतामा विचाराधीन गुनासोहरु

४. अन्य निकायलाई सम्बोधन गरिएको गुनासोहरु

५. राष्ट्र बैंकबाट इजाजतपत्र र अनुमतिपत्र प्राप्त वित्तीय संस्थाहरु बाहेकका संस्थाहरुको गुनासोहरु

६. अपमानजनक, घृणा वा द्वेष बुझाउने प्रकृतिका गुनासोहरु

७. राष्ट्र बैंकबाट इजाजतपत्र र अनुमतिपत्र प्राप्त वित्तीय संस्थाका कर्मचारीहरुको सो संस्थासँग सम्बन्धित गुनासोहरु

All finanical information at your fingertips.


शेयर गर्नुहोस