सोमबार अमेरिकी डलर स्थिर, युरोको मूल्य बढ्यो

सोमबार अमेरिकी डलर स्थिर, युरोको मूल्य बढ्यो

बैंक खबर । सोमबार नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा तोकेको छ ।

एक युरोको बिक्रीदर सोमबार १४५ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै एक युरोको खरिद दर मूल्य १४४ रुपैयाँ ४५ पैसा तोकिएको छ । आइतबार १ युरोको खरिददर १४४ रुपैयाँ ८८ पैसा र खरिद दर १४४ रुपैयाँ २४ पैसा थियो । 

सोमबार १ अस्ट्रेलियन डलरको बिक्री दर ९० रुपैयाँ ३७ पैसा र खरिद दर ८९ रुपैयाँ ९६ पैसा कायम भएको छ । आइतबार अस्ट्रेलियन डलरको बिक्रीदर ९० रुपैयाँ १५ पैसा र खरिद दर ८९ रुपैयाँ ७५ पैसा थियो । 

मलेसियन मुद्रा रिंगिटको बिक्री मूल्य २८ रुपैयाँ ४३ पैसा र खरिद मूल्य २८ रुपैयाँ ३० पैसा तोकिएको छ । 

कतारी रियालको बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र खरिद दर ३६ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै साउदी अरेबियन रियालको बिक्री दर ३५ रुपैयाँ ६९ पैसा र खरिद दर ३५ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस