नियामक निकाय नभएका विदेशी कम्पनीले नेपालबाट नाफा लैजान सहज

नियामक निकाय नभएका विदेशी कम्पनीले नेपालबाट नाफा लैजान सहज

बैंक खबर । नेपाल राष्ट्र बैंकले नेपालमा शाखा खोलेका विदेशी कम्पनीहरुलाई नाफा लैजान सक्ने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गनए इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८०मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसअघि नेपालमा शाखा सञ्चालन गरेका विदेशी कम्पनीलाई रिप्याट्रियसनका लागि रकम र आर्थिक वर्ष खुल्ने गरी सो कम्पनीको नियामक निकायको सिफारिस चाहिने व्यवस्था थियो । यो व्यवस्थाले नियामक निकाय नभएका कम्पनीलाई नेपालबाट नाफा लैजान अप्ठेरो हुने गरेको थियो । 

राष्ट्र बैंकको नयाँ व्यवस्थाले नियामक निकाय नभएका कम्पनीले स्वघोषणा गरेको आधारमा रकम रिप्याट्रियसन गर्न सकिनेछ । 

परिपत्रमा भनिएको छ ‘नियामक निकाय यकिन हुन नसकेका शाखाको हकमा नेपालमा त्यस्तो शाखाको नियामक निकाय नभएको स्वःघोषणा सम्बन्धित निवेदकबाट प्राप्त भई पेश हुन आएका सम्पूर्ण कागजातबाट सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यहोरा पुष्टि हुन आएमा त्यस्तो शाखाले आर्जन गरेको नाफाबाट बैंक तथा वित्तीय संस्थामा राखी आर्जन गरेको ब्याज बाहेकको रकम प्रचलित व्यवस्थाबमोजिमको कर कट्टी गरी बाँकी रकमको रिप्याट्रियसन स्वीकृति गर्न यस व्यवस्थाले बाधा पु¥र्याएको मानिने छैन ।’


 

All financial information at your fingertips.


शेयर गर्नुहोस