रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आउँदै, आवेदन दिन ४१ हजार ४० रुपैयाँ चाहिने

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आउँदै, आवेदन दिन ४१ हजार ४० रुपैयाँ चाहिने

सेयर खबर । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निषशन गर्न बोर्डबाट स्वीकृति पाएको हो । 

बुक बिल्डिङ विधिबाट आएको आईपीओ कम्तिमा ५० कित्ता भर्नुुपर्ने व्यवस्था छ । जसलेगर्दा सर्वसाधारणले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कम्तिमा ४१ हजार ४० रुपैयाँमा आवेदन दिन सक्नेछन् । 

संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँका दरले सेयर किनेका कारण सर्वसाधारणलाई सो मूल्यको १० प्रतिशत कम गरी बिक्री गर्नुपर्ने व्यवस्था बमोजिम प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा मूल्य तोकिएको छ । 

यो कम्पनीले सुनसरी जिल्लामा धागो कारखाना सञ्चालन गर्दै आएको छ । यस कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस