कर्णाली प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब ६ लाख

कर्णाली प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब ६ लाख

बैंक खबर । कर्णाली प्रदेशमा डिजिटल बैंकिङ प्रयोगकर्ता बढ्दै गएको देखिएको छ । राष्ट्र बैंकका अनुसार यस प्रदेशमा डिजिटल भुक्तानी ग्राहकको संख्या आठ लाख ८३ हजार ८३७ पुगेको छ । 

डेविट कार्ड प्रयोगकर्ता दुई लाख ५८ हजार ४३, मोबाइल बैंकिङ प्रयोगकर्ता पाँच लाख ९२ हजार ४३६, अनलाइन बैंकिङ प्रयोगकर्ता १४ हजार ४७८, पिओएस प्रयोगकर्ता २४०, प्रिपेड कार्ड प्रयोगकर्ता ३३०, क्यूआर मर्चेन्ट १५ हजार ४५ छन् । क्रेडिट कार्ड प्रयोगकर्ता तीन हजार २६५ छन् । 
 

शाखारहित बैंकिङ, एटीएम., मोबाइल तथा इन्टरनेट बैंकिङ
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० पुस मसान्तसम्म कर्णाली प्रदेशमा ३० वटा शाखारहित बैंकिङ सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । जहाँ १२ वटा शाखारहित बैंकिङ सेवा रहेको देखिन्छ । 

दैलेखमा ३ वटा, सल्यानमा ५ वटा तथा कालिकोटमा ४ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् । त्यस्तै, हुम्ला र मुगुमा समान २/२ वटा तथा रुकुम पश्चिम र जाजरकोटमा १/१ वटा शाखारहित बैंकिङ सेवा रहेको देखिन्छ । बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु भएको छैन । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा १०२ वटा एटीएम सञ्चालनमा छन् । समीक्षा अवधिमा हुम्ला र मुगुमा समान २/२ वटा एटीएम मेसिन छन् । समीक्षा अवधिमसम्म कर्णाली प्रदेशमा मोबाइल बैंकिङ रजिस्टर गर्ने ग्राहकको संख्या ७,३१,७२३ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा २,९२,३५५ र सबैभन्दा कम डोल्पा जिल्लामा १७,०५८ रहेको छ । 

त्यसैगरी, इन्टरनेट बैंकिङ रजिस्टर गर्ने ग्राहकको संख्या १६,८३३ पुगेका छन् । सबैभन्दा बढी सुर्खेत जिल्लामा ११,३१८ र सबैभन्दा कम मुगु १२० जिल्लामा रजिस्टर गरेका छन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस