एनआईसी एशिया बैंकको कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

एनआईसी एशिया बैंकको कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

बैंक खबर । एनआईसी एशिया बैंकले चैत मसान्तसम्म भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा भुक्तान गरेमा जरिवाना र हर्जाना रकममा सतप्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने भएको छ । 

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने भन्दै २०८० चैत मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।’

क्र.सं. भाखा नाघेको समयावधि  साधारण ब्याज रकममा छुट (प्रतिशत)
  १    ९१ दिनदेखि १८० दिन   १५ प्रतिशत
  २    १८१ दिनदेखि ३६५ दिन   २५ प्रतिशत
  ३    ३६५ दिनभन्दा बढी   ३५ प्रतिशत

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । 

असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । 

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


 

All financial information at your fingertips.


शेयर गर्नुहोस