सेयरबजारमा गिरावट, नेप्से १८.७६ अंकले घट्यो

सेयरबजारमा गिरावट, नेप्से १८.७६ अंकले घट्यो

बैंक खबर । सेयरबजार मंगलबार १८ दशमलव ७६ अंकले घटेर २०७६.४९ विन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । चार अर्ब पाँच करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार सात सय ३४ कित्ता सेयर कारोबार भयो । 

कारोबारमा आएका २४७ कम्पनीमध्ये १९८ वटाको सेयरमूल्य घटेको छ । ४० कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी नौ कम्पनीको स्थिर रहेको छ । 

आइतबारको कारोबारमा सबै समूह रातो देखिएका छन् । बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ ।

जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ । निर्जीवन बीमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
    
कारोबार रकम र कारोबार भएका सेयर  सङ्ख्याका आधारमा सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ११ करोड २७ लाख ९८ हजार सात सय ८२ रुपैयाँको तीन लाख ६२ हजार एक सय २४ कित्ता सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.

काठमाडौँ, ४ असार, २०८१ ।


शेयर गर्नुहोस