सेयर बजारमा गिरावट, नेप्से १७ अंकले घट्यो

सेयर बजारमा गिरावट, नेप्से १७ अंकले घट्यो

सेयर खबर । आइतबार सेयरबजारमा गिरावट आएको छ ।  परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ । कारोबार भएका २४७ कम्पनीमध्ये १७७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने ६ कम्पनीको स्थिर छ । 
    
पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ रुपैयाँको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ३० करोड ४० लाख ५३ हजार चार सय ९२ रुपैयाँको चार लाख ७९ हजार नौ सय ८७ कित्ता सेयर किनबेच भएको छ ।

All financial information at your fingertips.

असार २, २०८१ ।


शेयर गर्नुहोस