वैशाखसम्म वाणिज्य बैंकहरुले कमाए ४८ अर्ब ६० करोड

वैशाखसम्म वाणिज्य बैंकहरुले कमाए ४८ अर्ब ६० करोड

बैंक खबर । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउन देखि वैशाखसम्म ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले सो नाफा आर्जन गरेका हुन् । 

वैशाख महिनामा मात्रै वाणिज्य बैंकहरुले सात अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए । २०८० चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ कमाएका छन् । 

सबैभन्दा धेरै नाफा नबिल बैंकले पाँच अर्ब ४६ करोड रुपैयाँ कमाएको छ । वैशाखमा मात्रै नबिलले ७९ करोड रुपैयाँ नाफा कमाएको छ । नबिल पछि सबैभन्दा धेरै नाफा कमाउने दोस्रो बैंक ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईले चार अर्ब १२ करोड रुपैयाँ कमाएको छ  । धेरै कमाउने तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । यो बैंकले १० महिनामा तीन अर्ब ७७ करोड रुपैयाँ कमाएको छ । 

२० वाणिज्य बैंकमध्ये वैशाखसम्म १९ वटाको नाफा एक अर्ब रुपैयाँ भन्दा धेरै छ । नेपाल बैंकले सबैभन्दा कम ५९ करोड रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१को १० महिनामा कमाएको नाफा 

  बैंक   नाफा (रुपैयाँ)
  नबिल बैंक   ५ अर्ब ४६ करोड
  ग्लोबल आइएमई बैंक   ४ अर्ब १२ करोड
  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक   ३ अर्ब ७७ करोड
  प्राइम कमर्सियल बैंक    ३ अर्ब २२ करोड
  एभरेष्ट बैंक     २ अर्ब ९८ करोड
  स्ट्यान्डर्ड चार्टर्ड बैंक    २ अर्ब ६६ करोड
  राष्ट्रिय वाणिज्य बैंक   २ अर्ब ५६ करोड
  हिमालयन बैंक   २ अर्ब २२ करोड
  एनआईसी एशिया बैंक   २ अर्ब १६ करोड
  एनएमबि बैंक   २ अर्ब ४८ करोड
  प्रभु बैंक    २ अर्ब ५० करोड
  कृषि विकास बैंक    २ अर्ब ७९ करोड
  कुमारी बैंक    १ अर्ब ४२ करोड
  नेपाल एसबिआई बैंक   १ अर्ब ४२ करोड
  माछापुच्छ्रे बैंक    १ अर्ब १० करोड
  सिद्धार्थ बैंक    १ अर्ब ९७ करोड
  लक्ष्मी सनराइज बैंक    १ अर्ब ९५ करोड
  सानिमा बैंक       १ अर्ब ७४ करोड
  सिटिजन्स बैंक इन्टरनेशनल   १ अर्ब ५० करोड
  नेपाल बैंक   ५९ करोड

 

All financial information at your fingertips.


शेयर गर्नुहोस