सरकारले साढे २१ अर्ब आन्तरिक ऋण नवीकरण गर्ने

सरकारले साढे २१ अर्ब आन्तरिक ऋण नवीकरण गर्ने

बैंक खबर । सरकारले साढे २१ अर्ब रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ २८ गते २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। 

कार्यालयले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब ५० करोड रुपैयाँ र १८२ दिन अवधिको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। ट्रेजरी बिलको बोलकबोल सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। 

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस