राष्ट्र बैंकले रोक्यो पेवेल र सजिलो पेको बैंक खाता

राष्ट्र बैंकले रोक्यो पेवेल र सजिलो पेको बैंक खाता

बैंक खबर । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको बैंक खाता रोक्का गरेको छ । 

दुवै संस्थाको कारोबार संकास्पद देखिएपछि केन्द्रीय बैंकले बैंक खाता रोक्का राखेर अनुसन्धान सुरु गरेको हो । 

खाता रोक्का राख्नेसम्बन्धमा राष्ट्र बैंकले जरी गरेको सूचनामा भनिएको छ, ‘भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटार काठमाडौंबाट भैरहेका कारोबारहरु नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

All financial information at your fingertips.


शेयर गर्नुहोस