समाज लघुवित्तले लाभांश वितरण नगर्ने

समाज लघुवित्तले लाभांश वितरण नगर्ने

बैंक खबर । समाज लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । आइतबार बसेको लघुवित्तको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको नाफा साधारण जगेडा कोषमा र रिटेन अरनिङ्गमा जम्मा गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष लघुवित्तले ३० लाख ७३ हजार नाफा गरेको थियो । त्यसमध्ये २० प्रतिशत (६ लाख १४ हजार रुपैयाँ) जगेडा कोषमा र बाँकी ८० प्रतिशत (२४ लाख ९० हजार रुपैयाँ) रिटेन अर्निङ्गमा राख्ने निर्णय गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस