सुनको मूल्य तोलाको १ लाख ४२ हजार २०० पुग्यो

सुनको मूल्य तोलाको १ लाख ४२ हजार २०० पुग्यो

काठमाडौँ, १८ जेठ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन बिहिबार प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । 

तेजाबी सुन बिहिबार एक लाख ३९ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
 
 चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ७५ रुपैयाँ निर्धारण भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस