एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवना

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवना

बैंक खबर । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । 

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामा रहेको वीरगंज शाखा नवनिर्मित भवनमा स्थानन्तरण भई बैंकिङ कारोबार सुरु गरेको बैंकले जनाएको छ । आफ्नै भवनबाट वित्तीय सेवा सुरु गरेपछि सबै ग्राहकलाई अत्यावस्यक बैंकिङ सेवा दिन सहज भएको बैंकले जनाएको छ । 

नयाँ भवनबाट ग्राहकर्ला डिजिटल बैंकिङ तर्फ प्रोत्साहन गर्न क्यास डिपोजिट मेसिन, किओस्क मेसिन, क्यास रिसाइक्लर मेसिन जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ । यसका लागि बैंकले डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको छ । 

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम मेसिन, ११८ विस्तारित काउन्टर, ५१ शाखारहित शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।  

All financial information at your fingertips.


शेयर गर्नुहोस