एनआईसी एशिया बैंकले कर्जा ग्राहकलाई जरिवाना र ब्याज रकममा छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकलाई जरिवाना र ब्याज रकममा छुट दिने

बैंक खबर । एनआईसी एशिया बैंकले देशमा कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकलाई परेको असरलाई न्यूनीकरण गर्न कर्जामा लाग्ने जरिवाना तथा हर्जाना रकममा छुट दिने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०८० चैतमसान्तसम्म बैंकले तोकेको अवधिको भाखा नाघेका कर्जाहरुको हकमा ऋणीले सम्पूर्ण कर्जा २०८१ जेठ महिना भित्र चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने भएको छ ।

क्र.सं.    भाखा नाघेको समयावधि   साधारण ब्याज रकममाछुट (प्रतिशत)
९१ दिनदेखि १८० दिन १५ प्रतिशत
१८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
३६५ दिनभन्दा बढि ३५ प्रतिशत

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । 

बैंकले असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त समस्या सम्बोधन गर्न ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकलाई वित्तीय भार कम गर्न सहयोग पुग्न्े विश्वास गरेको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस