एनआइसी एशिया बैंकको सहायक सीईओमा अर्जुनराज खनिया नियुक्त

एनआइसी एशिया बैंकको सहायक सीईओमा अर्जुनराज खनिया नियुक्त

बैंक खबर । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत (सहायक सीईओ) पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा कार्यरत खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष अनुभव लिएका छन् । २० वर्षअघि नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेकाका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए । त्यसपछि विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएको बैंकले जनाएको छ । 

खानियाले बैंकको स्ट्राटेजिक पफमेन्स म्यानेजमेन्ट इकोसिस्टम/एक्सपिरियन्स एसुरेन्स इकोसिस्टम प्रमुख र सूचना अधिकारी र गुनासो सुन्ने प्रमुख अधिकारीको जिम्मेवारीमा काम गर्दै आएका थिए । 
 
खनियालाई बैंकले दिएको नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने विश्वास बैंकले लिएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस