सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त

बीमा खबर । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । बीमा प्राधिकरणले आइतबार स्वीकृति दिएपछि पाण्डेलाई इन्स्योरेन्स सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो । 

यसअघि तलब आयोगको सदस्य रहेका पाण्डे सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । उनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ । उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । 

चार्टर्ड एकाउन्टेन्ट पाण्डे नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिन्छन् । 

All financial infromation at your fingertips.


शेयर गर्नुहोस