सिद्धार्थ बैंकको एक लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको एक लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बैंक खबर । सिद्धार्थ बैंकको एक लाख १४ हजार ८१३ कित्ता संस्थापक शेयर बिक्रीमा बिक्रीमा आएको छ । 

बैंकका संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार कित्ता बिक्रीमा राखेका हुन् । सोमबार सूचना निकालेर बैंकले शेयर बिक्रीबारे जानकारी गराएको हो । 

शेयर खरिद गर्न पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई नै दिइएको छ । इच्छुक संस्थापक शेयरधनीले आउँदो ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ता र मूल्य खुलाएर निवेदन पेश गर्नुपर्छ । 

तोकिएको समयमा संस्थापकहरुबाट निवेदन नपरेमा शिलबन्दी बोलकबोलमार्फत् सर्वसाधारण र संस्थाहरुलाई बिक्री निष्काशन गरिने बैंकले जनाएको छ । 
 

All finfncial information at your fingertips.


शेयर गर्नुहोस