वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्टद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्टद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

बैंक खबर । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चैत ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थी तथा शिक्षक÷शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको । 

ग्लोबल मनि विक २०२४को अवसरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्य सहित यो कार्यक्रम गरिएको कम्पनीले जनाएको छ  ।  

सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक÷ शिक्षिकाहरुको उल्लेख्य उपस्थिति थियो । 
 
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती थियो । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए । 

कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र  सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस