एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापतको बीमा रकम भुक्तानी

बैंक खबर । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्म घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेमन पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाखको दरले जम्मा १ करोड २० लाख रुपैयाँ बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । 

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजयकुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाख रुपैयाँ प्रतिव्यक्तिका दरले कुल ७० लाख रुपैयाँ रकम प्रदान गरिएको हो । 
उनीहरुले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकले जनाएको छ । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेजबहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेशबहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख रुपैयाँका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई ३ करोड ५० लाख रुपैयाँभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २ करोड ६० लाख रुपैयाँ बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजार रुपैयाँ भन्दा बढी रकम प्रदान गरिएको छ । 

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख रुपैयाँ बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस