झन बढ्दै फाइनान्स कम्पनीहरुको खराब कर्जा

झन बढ्दै फाइनान्स कम्पनीहरुको खराब कर्जा

बैंक खबर । दशवटा फाइनान्स कम्पनीहरुको खराब कर्जा उच्च देखिएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनासम्मको तथ्यांकअनुसार ऋण उठन नसक्ने भएपछि दुई वटा फाइनान्स कम्पनी समस्याग्रस्त घोषणा भइसकेका छन भने बाँकी आठ वटाको खराब कर्जा उच्च छ । 

जानकी फाइनान्सको खराब कर्जा १९.९९ प्रतिशत पुगेको छ । यस्तै गोर्खाज फाइनान्सको १३.७३, प्रोग्रोसिभ फाइनान्सको ११.४५, नेपाल फाइनान्सको १०.५२, रिलायन्स फाइनान्सको ९.६७ प्रतिशत, सेन्ट्रल फाइनान्स ९.४४, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६.४५ प्रतिशत र गुडविल फाइनान्सको ५.२३ प्रतिशत खराब कर्जा छ । 

पोखरा फाइनान्स, समृद्धि फाइनान्स, मन्जुश्री फाइनान्स, बेस्ट फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मल्टिप्रपस फाइनान्सको खराब कर्जा भने ५ प्रतिशतभन्दा तल छ । 

गतवर्ष अर्थतन्त्र सुस्त बन्दा वित्तीय क्षेत्र पनि प्रभावित भएको थियो । उपभोग घट्दा बजार चलायमान बन्न सकेन, यसको असर उत्पादन र आयातमा प¥यो । घरजग्गा कारोबार पनि ठप्प जस्तै भयो । यहीकारण वित्तीय प्रणालीमा कर्जा नउठने समस्या देखियो । ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरुको संख्यामा उच्च दरमा वृद्धि भयो । फाइनान्स कम्पनीहरुमा यसको असर देखियो । 

दुई फाइनान्स कम्पनी समस्याग्रस्थ

बजारमा लगानी भएको ऋण उठनै छाडेपछि नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई समस्याग्रस्थ घोषणा नै गर्नुपरेको छ । नेपाल सेयरमार्केटस एन्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई समस्या ग्रस्थ घोषणा गरेको हो । 
तथ्यांकअनुसार नेपाल सेयरमार्केटस एन्ड फाइनान्सको खराब कर्जा ९८.५२ प्रतिशत छ भने क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको १०० प्रतिशत छ । 
 

All financial information at you fingertips.


शेयर गर्नुहोस