कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकको खबर । ‘आफ्नो पैसा सुरक्षित गर्नुहोस, आफ्नो भविश्य सुरक्षित गर्नुहोस्’  भन्ने नारा लिई विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्चसम्म मनाउदै गरिएको ‘ग्लोबल मनि विक २०२४’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ  । 

ग्लोबल मनि विक सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

‘ग्लोबल मनि विक, २०२४’को अवसरमा कृषि विकास बैंक लि. प्रदेश कार्यालय बीरगञ्जले २०८० चैत्र ८ गते विहिबार बीरगञ्ज स्थित बीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक रामप्रसाद गजुरेलले गरेका थिए । कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा बैंकका उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले ग्लोबल मनि विकको अवधारणा, महत्व एवं कृषि विकास बैंककले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरिरहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी गराएका थिए । विभिन्न श्रब्यदृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु वित्तीय सेवाबारे जानकारी दिँदै अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यले बैंकिङ सेवाहरुमा आएको आधुनिकताले बैंकिङ सरल र सहज हुदै गएको उल्लेख गर्दै बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नु पर्ने धारणा राखेका थिए । 

कृषि विकास बैंक लि. प्रदेश कार्यालय बीरगञ्जका निर्देशक रामप्रसाद गजुरेलले बैंकको तर्फबाट नियमित रुपमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरि रहेको र यूवाहरुमा यस्तो कार्यक्रमको प्रभावकारिता र आवश्यकता अझ बढी रहेको धारणा ब्यक्त गरे । कार्यक्रमको अन्त्यमा बैंकको तर्फबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाले बीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । 
 

All financial information at your fingeritps.


शेयर गर्नुहोस