नेप्से परिसूचक २२ अंकले बढ्यो

नेप्से परिसूचक २२ अंकले बढ्यो

सेयर खबर । आइतबार नेपाल स्टक एक्सचेञ्जमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको छ ।

यसदिन दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय रुपैयाँ बराबरको ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका दुई सय ४४ कम्पनीमध्ये एक सय ९४ वटाको सेयरमूल्य बढेको छ भने ४६ वटाको घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

जलविद्युत् बाहेक सबै समूह बढेका छन् । जलविद्युत समूह शून्य दशमलव १२ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४.२१ र जीवन बीमा समूहको उपसूचक १.८४ प्रतिशतले बढेको छ । बैकिङ समूह ०.७४, विकास बैंक १.०८, वित्त समूह १.४०, होटल तथा पर्यटन १.१२ र लगानी समूह १.२६ प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह  ०.९१, म्युचुअल फण्ड १.०१, निर्जीवन बीमा १.३४, व्यापार ०.६५ र अन्य समूह ०.२८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २२ करोड ९३ लाख रुपैयाँ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस