सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट

बैंक खबर । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट भएको छ। फागुन २५ गते, शुक्रबार, बिहान १० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो।

कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म आइपीओ निष्काशन गरेको थियो । प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन भएकोमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर माग गरेका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको थियो । बाँकी १ हजार ३४२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बिक्रीमा राखिएको कित्ताभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियाबाट आइपीओ बाँडफाँट गरिएको छ । 

५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् । बाँडफाँट गर्दा बाँकी रहेको २६ कित्ता सेयर ५० कित्ताभन्दा बढी आवेदन दिएका २६ जना आवेदकले थप एक/एक कित्ताका दरले प्राप्त गरेका छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस