अर्थमन्त्रीमा वर्षमान पुन नियुक्त, १७ मन्त्रीको मन्त्रालय टुङ्गो लाग्यो

अर्थमन्त्रीमा वर्षमान पुन नियुक्त, १७ मन्त्रीको मन्त्रालय टुङ्गो लाग्यो

राजनीति । माओवादी उपमहासचिव वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएका छन् । गठबन्धनले मन्त्रालयको भागबन्डा टुङ्गो लगाएपछि वर्षमान पुन अर्थमन्त्री बनेका हुन् । 

दलहरुबीच भएको सहमतिअनुसार परराष्ट्र मन्त्रालमा माओवादीबाट नारायणकाजी श्रेष्ठ आउने भएका छन् । पुरानो गठबन्धनको सरकारमा मन्त्री रहेका श्रेष्ठसँगै  शक्ति बस्नेत र रेखा शर्मा पनि नयाँ गठबन्धनको सरकारमा दोहोरिने मौका पाएका छन । शक्ति बस्नेतले उर्जा, रेखा शर्माले सञ्चार र हितबहादुर तामाङले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेले पनि मन्त्रीहरुको सूची टुङ्गो लगाएको छ । एमालेका तर्फबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बन्ने भएका छन् । यस्तै पदम गिरीले कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला बालबालिका, राजेन्द्र राईले खानेपानी, दामोदर भण्डारीले उद्योग, ज्वालाकुमारी साहले कृषि र बलराम अधिकारीले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्। रास्वपाले चार मन्त्रालय पाएको छ । रास्वपाबाट शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र श्रममा डोलप्रसाद अर्याल मन्त्री हुने भएका छन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस