नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मूल्यमा नयाँ  रेकर्ड, तोलाको एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार

अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज २०८० फगुन २३ गते बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मंगलबार प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।    
 
चाँदीको मूल्य घने हिजोको तुलनामा घटेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ४० रुपैयाँमा कारोबार भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस