बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ

बालुवाटारबाट १३ जना मिटरब्याज पीडित  पक्राउ

बैंक खबर । आन्दोलनरत केही मिटरब्याज पीडितहरु बालुवाटारबाट पक्राउ परेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ महिला र ९ जना पुरुष छन् । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर वार्ताबाट निष्कर्ष ननिस्केपछि मिटरब्याज पीडितहरु बिहानै बालुवातार घेराउ गर्न पुगेका थिए । 

All financial information at your fingertips.


शेयर गर्नुहोस