प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, ४.७५ प्रतिशत बोनस सेयर दिने

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, ४.७५ प्रतिशत बोनस सेयर दिने

बीमा खबर । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । फागुन २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित सो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस